दफा
आन्तरिक हुलाक महसुल तोक्ने अधिकार
: (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आन्तरिक हुलाकबाट पठाइने सबै प्रकारको हुलाक वस्तुहरुमा लाग्ने महसुल र अरु दस्तुर तोक्न सक्नेछ र त्यस्तो महसुल र दस्तुर असुल गर्दाको शर्त र बन्देजहरुको सम्बन्धमा नियमहरु बनाउन सक्नेछ ।
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी के कस्तो वस्तुहरुलाई आन्तरिक हुलाकबाट पठाउन सकिन्छ भन्ने कुरा तोक्न सक्नेछ ।